हत्याका दोषी पूर्वसैनिकको मृत्युदण्ड लाइभ–स्ट्रिम गर्दै अमेरिका

  • शुक्रबार​ २३ असो २०८३ ०५:२८ AM
काठमाडौं । अमेरिकाले सन् २००९ मा १३ जनाको हत्या गरेका पूर्वआर्मी मेजर निदाल मलिक हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण (लाइभ–स्ट्रिम) गर्ने तयारी गरेको छ । हसनलाई आगामी डिसेम्बर ३, २०२६ मा टेक्सासस्थित फोर्ट हुड सैन्य बेसमा फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिने तय भएको छ । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले सार्वजनिक रूपमा मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको बताएका छन् । हेगसेथका अनुसार यस्तो प्रसारणले गम्भीर अपराधको परिणामबारे सर्वसाधारणलाई जानकारी गराउनेछ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले पनि उक्त योजनाको पुष्टि गरेका छन् । सन् २००९ नोभेम्बर ५ मा फोर्ट हुडमा भएको गोलीकाण्डमा १३ सैनिकको ... The post हत्याका दोषी पूर्वसैनिकको मृत्युदण्ड लाइभ–स्ट्रिम गर्दै अमेरिका appeared first on Kalika Khabar.