स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जाबाट प्रतिनिधित्व गर्ने १६ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय कार्यसमितिको उपसभापति पदमा एकजनाले र केन्द्रीय सदस्य पदमा १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेसको केन्दीय उपसभापतिदेखि विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार दिनेमा स्याङ्जाबासीको लर्को देखिएको छ। निवर्तमान उपसभापति धनराज गुरुङले यसपटक पनि खुलातर्फ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन। यसैगर