उपलब्धि अस्वीकार गर्ने, निराशा र कमजोरी पनि स्वीकार्न नसक्ने आत्मरक्षाबीच नेपालको वास्तविक अवस्था। ‘३५ वर्षमा के भयो ? केही भएन। देश जहाँको त्यहीँ छ। नेताले देश लुटे, सबै भ्रष्ट भए।’नेपालमा पछिल्लो समय यो भाष्य यति धेरै दोहोरिएको छ कि कतिपय अवस्थामा यो प्रश्नभन्दा बढी निष्कर्षजस्तो सुनिन्छ। सामाजिक सञ्जालमा होस् वा चिया पसलमा, राजनीतिक बहसमा होस् वा सार्वजनिक भाषणमा, सदनमा होस् या सडकमा र युवापुस्ताको असन्तुष्टिमा पछिल्ला ३५ वर्षलाई एउटै शब्दमा परिभाषित गर्ने प्रयास भइरहेको छ त्यो हो