दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण र नियमित मर्मतसम्भार गर्न पूर्वगृहमन्त्री लेखकको आग्रह

  • शुक्रबार​ २३ असो २०८३ १२:०० PM
कञ्चनपुर: नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन्। शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभइ सिंगो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे। कुनै समय नेपालको अन्य भू-भागसँग जोडिन भारतीय बाट