काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्। मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि पाँचवटा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय स