आजबाट अग्रिम टिकट बुकिङ, नयाँ बसपार्कमा भीड

  • शुक्रबार​ २३ असो २०८३ ०४:४४ AM
काठमाडौं । दशैँ नजिकिएसँगै घर जान टिकट काट्नेहरुको भीड लाग्न थालेको छ । काठमाडौंस्थित नयाँ बसपार्कमा दशैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ गर्न यात्रुहरूको भीड लागेको छ । दशैँका लागि शुक्रबारदेखि टिकट बुकिङ खुला गरिएको छ । त्यससँगै यात्रुहरू टिकट काट्न बसपार्क पुगेका छन् । यात्रुलाई सहजीकरण गर्न बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा