पोखरामा स्कुल बस भीरबाट खस्दा ५ जनाको मृत्यु

  • शुक्रबार​ २३ असो २०८३ १०:०० AM
पोखरा :  पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा २ बालिका रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।पोखरा महानगरपालिका वडा नम्बर २८ को माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। ग २ ख १४१७ नम्बरको उक्त बस ओख्लेमा सडकबाट करिब १५० देखि २०० मिटर तल भीरमा खसेको थियो।सुरुमा दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले २