बाणगंगा। कपिलवस्तुको बाणगंगा नगरपालिका–२, राजपुरस्थित नहरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ। नगरपालिकाले उक्त ट्र्याक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु. ४ त. ९६१२ नम्बरको ट्र्याक्टरलाई नहरमा बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको