डिलाराम भुसाल । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने, ठगी तथा लुटपाटका घटना हुन सक्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले सहायता कक्ष स्थापना गरेका हुन्