भर्तापुर आधारभूत विद्यालयको वार्षिक सामाजिक परीक्षण सम्पन्न, दुई शिक्षक सम्मानित

  • शुक्रबार​ २३ असो २०८३ ०४:०९ AM
बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री भर्तापुर आधारभूत विद्यालयले वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक अवस्था र आर्थिक गतिविधिबारे जानकारी सार्वजनिक गर्दै बिहीबार सामाजिक परीक्षण गरिएको हो । विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष मोतिकला पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेल प्रमुख अतिथि रहेका थिए