११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौँ - प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्‍याएकाे अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ। आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ।

विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन्। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।