कांग्रेसका महामन्त्री  थापाद्धारा धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताए ।

गुरुङ आफैँले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

उनले गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने बताए ।

उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरी राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइने बताए ।