कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्लेमा स्कुल बस दुर्घटना हुँदा १८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १६ जनालाई अस्पताल पुर्याइएको छ भने अन्य दुई जनालाई अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। पोखरा–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए। दुर्घटनाको सूचना