काठमाडौं : ‘बाढीमा मैले मेरा बुबा र आमा दुवैलाई गुमाएँ। एकाएक यस्तो घटना भयो, हाम्रो पूरै संसार नै परिवर्तन भएजस्तो भएको छ,’ २१ वर्षीया पीडित रसुवाकी एक युवतीले भावविह्वल हुँदै भनिन्। तामाङ थरकी उनी अहिले काठमाडौंमा छिन्। ब्याचलर इन म्यानेजमेन्ट दोस्रो वर्षमा अध्ययनरत उनी बुबाआमाको काजकिरियामा बसेकी छन्। तर, काजकिरिया सकिएपछि जीवन कसरी अघि बढाउने भन्ने प्रश्नले उनलाई झन् बढी पिरोल्न थालेको छ।उनका बुबा चिलिमे हाइड्रोपावरमा काम गर्थे। भोटेकोशीमा बाढी आएपछि उनी सुरक्षित स्थानमा पुगिसकेक