ड्राइभिङ लाइसेन्स अनियमितता प्रकरण : एसपी पाण्डे र तत्कालीन यातायात कार्यालय प्रमुखसहितलाई भ्रष्टाचार मुद्दा

  • शुक्रबार​ २३ असो २०८३ ०३:०१ AM
​काठमाण्डु –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा भएको सवारी चालक अनुमतिपत्र (ड्राईभिङ लाइसेन्स) वितरण अनियमितता प्रकरणमा उच्च प्रहरी अधिकारीसहितविरूद्ध मुद्दा चलाएको छ। अख्तियारले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीनारायण पाण्डे, प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक (सई) हुमानन्द खनालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो