काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी देशभर लागू गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका अनुसार सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी सशस्त्र प्रहरी बल, नेपालले २८ हजार १ सय २६ जनशक्ति परिचालित गरेको छ भने ४ हजार ५ सय जनशक्ति युनिटमा तत्काल खटाउन सक्ने