पोखरामा स्कुल बस दुर्घटना, थप विवरण आउन बाँकी

  • शुक्रबार​ २३ असो २०८३ ०२:४४ AM
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो। प्राप्त जानकारीअनुसार कालिका क्षेत्रस्थित ओख्लेको भिरबाट बस पल्टिएको हो। दुर्घटनाग्रस्त बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको बताइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।