नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । तराई–मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थाअनुसार