झापाका तीन नगरमा कांग्रेस इतर समूहको नेतृत्व चयन, बिर्तामोडमा मनोज घिमिरे

  • शुक्रबार​ २३ असो २०८३ ०१:३८ AM
झापा : नेपाली कांग्रेसको संस्थापन इतर समूहले बिर्तामोड नगर समितिको नेतृत्व चयन गरेको छ। १५औँ नियमित महाधिवेशनअन्तर्गत इतर समूहको नगर अधिवेशनबाट मनोज घिमिरे सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। बिर्तामोडस्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा