काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाताहरू लाइनमा बसेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भनिए तापनि मतदाताहरू भने बिहानैदेखि लाइनमा लागेका हुन्।योसँगै हिजो मतदान गर्न नपाएका मतदाताहरू फेरि उत्साहित बनेका छन्। टाढा जानुपर्ने प्रतिनिधिहरू मतदान सकेर दशैँ मनाउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिहरूमा फेरि ऊर्जा थपेको छ।खराब मौसम र प्राविधिक कारणले ढिला गरी मतदान सुरु गर्दा राति मतदातालाई कठ