काठमाडौं : राज्यको स्थायी सरकार हो– निजामती सेवा। तर, स्थायी सरकारमा हुन्डरी ल्याएको छ– संघीय निजामती सेवा विधेयकले। ५५ वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर, ५५ वर्ष उमेर समूह र ३० वर्षे सेवाविधिसम्बन्धी प्रस्ताव भने एकपटक अर्थात् हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले ‘विभेदकारी’ भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यतिमात्र