काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि अहिले मतदान हुँदैछ । कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा शुक्रबारका लागि सारिएको थियो । तयारी पूरा भएसँगै मतदान प्रक्रिया सुरु भएको निर्वाचन