काठमाण्डु – दसैँमा घर जाने यात्रुका लागि शुक्रबारदेखि अग्रीम बस टिकट बुकिङ खुला भएको छ । टिकट काट्नका लागि बिहीबार रातिदेखि नै यात्रुहरू काठमाण्डुको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच असोज २३ गतेदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।