दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ। यात्रुको चाप व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ। यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक सुरक्षा