सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु

  • शुक्रबार​ २३ असो २०८३ ०१:३५ AM
हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो। असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ । कर्णाली करिडोरअन्तर्गत यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब १० किलोमिटर क्षेत्रमा हिउँ जमेको