देवीप्रसाद सापकोटा थिए पहिलो अध्यक्ष

  • शुक्रबार​ २३ असो २०८३ ०७:०० AM
काठमाडौं : नेपाली कांग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट सुरु हुन्छ। तर, कांग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशादेवीका देवीप्रसाद सापकोटा। वि.सं. २००३ कात्तिक १५ गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसका पहिलो अध्यक्ष देवीप्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए।कांग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कांग्रेसको संस्थापनको इतिहास के