दुबई: दुबईबाट सीधै पोखरा उडान सुरु भएपछि नेपालले खाडीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर, नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाडीमुलुक फर्किंदा भने भारतीय दूतावासबाट ‘थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल जान इच्छुक नदेखिएको दुबईस्थित नेपाली ट्राभल्र्स व्यवसायी बताउँछन्।भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनी