रहेनन् दिग्गज अभिनेता नाना पाटेकर

  • शुक्रबार​ २३ असो २०८३ ०७:०० AM
विकास पाण्डे/ दिल्ली : आफ्नो सशक्त अभिनयका लागि परिचित दिग्गज भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा निधन भएको छ। भारतीय सिनेमाका सबैभन्दा चर्चित अनुहारहरूमध्येका एक पाटेकरले तीन वटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। उनी जटिल तथा उग्र चरित्रको अभिनयका लागि चिनिन्थे। उनी मराठी भाषाको चलचित्र तथा रंगमञ्चका पनि प्रमुख कलाकार थिए।बिहीबार बिहानै गोवास्थित आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ‘लगातार ४५ मिनेटसम्म सीपीआर दिँदा पनि उहाँलाई बचा