नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेको र अन्य व्यवस्थापकीय कठिनाइका कारण एक दिन पछि सारिएको हो। आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ। बिहीबार बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान पटकपटक सारिए पनि हुन सकेको थिएन।