आरक्षण छाडेर खुलामा भिड्ने साहस: काँग्रेस महाधिवेशनमा को–को छन् खुला प्रतिस्पर्धामा ?

  • बिहीबार २२ असो २०८३ ११:४० PM
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ । उद्घाटन र बन्द सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले अन्तिम नामावलीसमेत प्रकाशन गरिसकेको छ । कुनै विवाद नभए शुक्रवार मतदान हुने निर्वाचन समितिले जनाएको छ । गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले यसअघिको पार्टी संरचनालाई विस्तार गर्दै पदाधिकारीदेखि केन्द्रीय समितिसम्मको आकार बढाएको छ । नयाँ संरचनाअनुसार २० सदस्यीय पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । काँग्रेसले महिला तथा सीमान्तकृत समुदाय र वर्गका लागि विभिन्न पदमा आरक्षणको व्यवस्था गरेको छ । तर, महाधिवेशनमा त्यस्ता आरक्षित समूहबाट आउने कतिपय नेताले आफ्नो समुदायका लागि छुट्टाइएको कोटा रोज्नुको सट्टा खुलातर्फ प्रतिस्पर्धा गर्ने साहस गरेका छन् । आरक्षणमा प्रतिस्पर्धा गर्दा आफ्नो जितको सम्भावना तुलनात्मक रूपमा सुरक्षित हुने भए पनि खुला प्रतिस्पर्धामा भने देशभरका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यही चुनौतीका बिच केही महिला तथा सीमान्तकृत समुदायका उम्मेदवार खुला प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनको निर्वाचनमा यो पक्षलाई प्रतिनिधित्व र समावेशिताको बहससँगै उम्मेदवारको व्यक्तिगत राजनीतिक आत्मविश्वासका रूपमा पनि हेरिएको छ । शीर्ष चार पदमा महिला उम्मेदवार शून्य काँग्रेसको सबैभन्दा माथिल्लो चार पदमा महिलाको उम्मेदवारी परेको छैन । सभापति, वरिष्ठ उपसभापति र खुलातर्फका दुई उपसभापति गरी चार उच्च पदमा कुनै पनि महिला उम्मेदवार छैनन् । उपसभापति महिलातर्फ भने पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन् । यसले काँग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रियामा आरक्षणले महिलाको प्रतिनिधित्वका लागि छुट्टै स्थान सुनिश्चित गरे पनि पार्टीका सबैभन्दा उच्च तहका खुला पदमा महिलाको उपस्थितिको प्रश्न भने कायमै रहेको देखाउँछ । समावेशी उपसभापतिमा पाँच जनाको प्रतिस्पर्धा समावेशी उपसभापतिको एक पदका लागि पाँच जना प्रतिस्पर्धामा छन् । यस पदमा पूर्व सहमहामन्त्री जीवन परियार र परमुल्लाह मन्सुर प्रतिस्पर्धामा छन् । व्यवसायी विनोद चौधरी पनि समावेशी उपसभापतिमै प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण पनि यही पदका उम्मेदवार हुन् । पार्टीकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सीता गुरुङ भने चार जना पुरुषसँग प्रतिस्पर्धा गर्ने एक्ली महिला उम्मेदवार हुन् । समावेशी उपसभापतिको एउटा पदका लागि महिला र पुरुष दुवै उम्मेदवार मैदानमा रहँदा यसले पार्टीभित्र समावेशी नेतृत्वको अभ्यास र त्यसको राजनीतिक प्रतिस्पर्धालाई समेत देखाएको छ । महामन्त्रीमा महिलाको तीन तर्फी भिडन्त महामन्त्री महिलातर्फ तीन जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ । डा