अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

  • बिहीबार २२ असो २०८३ ०४:११ PM
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाण्डुमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दु:ख,