गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् उत्पादन ठप्प भएको छ । उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको