राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने सूर्यविनायकका खेलाडीलाई सम्मान

  • बिहीबार २२ असो २०८३ ०९:०१ PM
भक्तपुर : सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने स्थानीय खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।नगर खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षक पहिचान र सम्मान गरिएको हो।सो अवसरमा कराँते, भारोत्तोलन, सावाते, भलिबल, तेक्वान्दो, कबड्डी, रग्बी, हक्की, फुटबललगायत विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षक गरी २२ जनालाई सम्मान गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिए।&nb