भक्तपुर : चाँगुनारायण–२ दुवाकोटस्थित किराना पसल सञ्चालक जितबहादुर कार्कीलाई कुटपिट गरी सुनको सिक्री लुटेर फरार भएका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्ने सबैजना एकै ठाउँका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपककुमार कार्कीले दिएको जानकारी अनुसार उनीहरूको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ रहेको छ। पक्राउ पर्नेमा २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनामसिंह तामाङ रहेका छन्