काठमाडौं : यती एअरलाइन्सले बडादशैंलाई मध्यनजर गर्दै जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास)को भाडा बन्द गरेको छ। दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ।फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार संसारका विभिन्न भागमा भएको युद्धका कारण यस वर्ष हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ बाट बढेर २४९ पुगेको छ, जुन हालसम्मकै महँगो हो।यही कारण गत वर्षझै