दशैँमा यात्रुलाई राहत : पेट्रोलियमको मूल्य नबढे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने

  • बिहीबार २२ असो २०८३ ०३:१५ PM
काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभए आगामी दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँका नाममा यात्रुसँग तोकिएभन्दा बढी भाडा नलिइने स्पष्ट पारेका छन् । काठमाण्डुमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सिटौलाले असोज २३ गतेदेखि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने जानकारी