यु-१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

  • बिहीबार २२ असो २०८३ ०८:०१ PM
काठमाडौं : एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिलले बिहीबार यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो। यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ। नेपालले समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेको छ। समूह चरणमा १२ खेल हुनेछ।  समूहको विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन्। गत संस्करणमा यू१९ एसिया कप