काठमाडौं : टेलुन टेनिस ओपन २०२६ मा आरित मल्ल र विश्व बिशेष दल्लाकोटीले उपाधि जितेका छन्। बिहीबार भएको खेलमा आरितले यू–१२ ब्वाइज तथा विश्व बिशेषले यू–१६ ब्वाइजतर्फको उपाधि हात पारेका हुन्।यू–१२ ब्वाइजको फाइनलमा आरितले सहन्स के। बस्नेतलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे। यस्तै यू–१६ ब्वाइजको फाइनलमा विश्व बिशेषले सुरेन्द्र बीकेलाई ६–१, ६–२ ले हराउँदै उपाधि जिते।प्रतियोगिताको बिहीबारको खेलमा कुल ५३ खेल भएका थिए। पुरुष एकलतर्फ निहाल जंग थापा, रा