उत्पादनका आधारमा अनुदान दिन थालेपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा

  • बिहीबार २२ असो २०८३ ०८:०१ PM
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाका कृषकहरू खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले बाख्रापालनबाट उत्पादन हुने खसीबोकाको बजारीकरण सुनिश्चित हुनुका साथै प्रतिकेजी ३० रुपैयाँ अनुदानसमेत प्राप्त हुने भएपछि मालारानीका कृषकहरू बाख्रापालनप्रति थप उत्साहित भएका हुन्।कृषकले उत्पादन गरेको खसीबोका बिक्री गर्दा वास्तविक जिउँदो तौलका आधारमा मूल्य प्राप्त गर्ने, गाउँमै व्यापारी पुग्ने र पालिकाबाट थप अनुदानसमेत प्राप्त हुने भएपछि बाख्रापालनलाई आम्दानीको भरपर्दो माध्