त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट बढ्यो, कुन शीर्षकमा कति ?

  • बिहीबार २२ असो २०८३ ०१:४१ PM
काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७औँ सभामा रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको बजेट