मंसिर पहिलो साता एमालेको राष्ट्रिय भेला, २६ गते वडा र पुस ४ मा पालिका अधिवेशन

  • बिहीबार २२ असो २०८३ ०२:०७ PM
नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसहित संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।