५ लाख ४९ हजार डाउन पेमेन्टमै नेक्सन ईभी, सिप्रदीले ल्यायो नयाँ वित्तीय योजना

  • बिहीबार २२ असो २०८३ १२:२३ PM
काठमाडौं । विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै नेपाली बजारमा नयाँ वित्तीय योजना सार्वजनिक गरिएको छ। नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले लोकप्रिय विद्युतीय एसयूभी टाटा नेक्सन ईभी न्यून सुरुवाती भुक्तानीमा खरिद गर्न सकिने योजना ल्याएको हो। सिप्रदीको नयाँ योजनाअनुसार ग्राहकले नेक्सन ईभी खरिदका लागि ५ लाख ४९ हजार रुपैयाँको डाउन पेमेन्टबाट प्रक्रिया अघि बढाउन सक्नेछन्। कम्पनीले यस योजनाअन्तर्गत ८० प्रतिशतसम्म बैंक कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। नेपाल राष्ट्र बैंकको प्रचलित नीतिअनुसार निजी सवारीसाधन खरिदमा निश्चित सीमासम्म कर्जा उपलब्ध हुने व्यवस्था रहेकाले सामान्य अवस्थामा ग्राहकले खरिद मूल्यको ठूलो ... The post ५ लाख ४९ हजार डाउन पेमेन्टमै नेक्सन ईभी, सिप्रदीले ल्यायो नयाँ वित्तीय योजना appeared first on Kalika Khabar.