काठमाडौं : प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समूहलाई पक्राउ गरिएको जनाएको हो। उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण गाउँपालिका-५ घर भएका वर्ष २४ को आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोली माथि नै धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोज्दा २ राउण्ड हवा