एक महिनाभित्र नतिजा प्रकाशन गर्न टियुलाई मन्त्री पोखरेलको निर्देशन

  • बिहीबार २२ असो २०८३ ०७:०० PM
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरी तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिए। उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्दै परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिए।विश्वविद्यालयका सहकुलपतिसमेत