विद्युत् धरापले लिँदैछ मान्छेको ज्यान

  • बिहीबार २२ असो २०८३ ०७:०० PM
बुटवल : नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै करेन्ट लागेर गुल्मीका सात जना नागरिकको ज्यान गइसकेको छ। अव्यवस्थित विद्युतका पोल, भुइँमा लथालिंग छरिएका तारसहित विद्युत करेन्ट प्रवाह हुने विभिन्न सामग्रीहरूको नियमित मर्मत सम्भार नगर्दा नागरिकहरूको ज्यान गएको हो। धुर्कोट गाउँपालिका-५ बस्तु गुल्मीका २४ वर्षीय ऋषिराम भण्डारीको मंगलवार अकालमै ज्यान गयो। भुइँमा लत्रिएको करेन्ट सहितको विद्युत्तको तारमा परेर उनको घटनास्थलमै ज्यान