साहित्यको नोबेल ऐन कार्सनलाई, जसले प्राचीन मिथकलाई आधुनिक प्रेम र पीडासँग जोडिन्

  • बिहीबार २२ असो २०८३ १२:२७ PM
स्टकहोम- क्यानडाली लेखिका तथा कवयित्री ऐन कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। नोबेल समितिका अनुसार कार्सनले आफ्ना रचनामार्फत प्राचीन युनानी–रोमन साहित्य, मिथक र कथालाई आधुनिक जीवन, प्रेम, सम्बन्ध र मानवीय पीडासँग जोड्दै नयाँ अर्थ दिएकी छन्। उनको लेखनको विशेषता पुराना कथालाई पुनः प्रस्तुत गर्नु मात्र होइन, त्यसमा समकालीन जीवनका अनुभूति, कल्पना