नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मात्रै मतदान सुरु गर्ने निर्णय गरेको छ। यसअघि बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदानको समय तीन पटकसम्म सारेर दिउँसो साढे २ बजे पुर्याइएको थियो। तर, दिउँसोसम्म