प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दै, एमालेले अवरोध नगर्ने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‍मा सम्बोधन गर्ने भएपछि प्रमुख प्रतिपक्षी एमालेले अवरोध खुलाउन तयार भएको छ । सोमबार दिउँसो एमाले संसदीय दलको बैठकले नै सदनमा अवरोध नगर्ने निर्णय गरेको हो । 

सोमबार नै प्रमुख ३ दलका शीर्ष नेताबीच बैठक बसेको थियो । उक्त बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सम्बोधन गर्ने बताएका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे आत्मालोचना गर्ने अपेक्षासहित संसद् खोल्ने निर्णय गरेको जानकारी दिए ।