आइसीसी लिग-२ को च्याम्पिन बन्यो अमेरिका

  • बिहीबार २२ असो २०८३ ०६:०१ PM
काठमाडौं : आइसीसी लिग-२ को उपाधि अमेरिकाले जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गरेपछि दुई खेल अगावै अमेरिका च्याम्पियन बनेको हो। डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य अमेरिकाले सात बल बाँकी छँदै पूरा गरेको हो। अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। उनको प्रदर्शनसँगै अमेरिकाले लिग-२ को शीर्ष स्थानमा थप २ अंक जोडेको छ। नामिबियालाई पराजित गर्दै अमेरिका ४७ अंकसह