काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा शाखामा सञ्चालित आठौं समूहअन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो । तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै